काठमाडौं । सुनचाँदीको भाउले कीर्तिमान कायमै राखेको छ । निरन्तर बढिरहेको सुनचाँदीको भाउले आज पनि कीर्तिमान बनाएको छ ।
सुनको भाउ आज एकैदिन तोलामा २ हजार रुपैयाँले बढेर २ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ प्रतितोला २ हजार ४ सय ८५ रुपैयाँ रहेको थियो।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



