काठमाडौं । सुनचाँदीको भाउले कीर्तिमान कायमै राखेको छ । निरन्तर बढिरहेको सुनचाँदीको भाउले आज पनि कीर्तिमान बनाएको छ ।
सुनको भाउ आज एकैदिन तोलामा ६ सय रुपैयाँले बढेर २ लाख ५ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ रहेको थियो ।
चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च रहेको छ । आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर २ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ प्रतितोला २ हजार ४ सय ७० रुपैयाँ रहेको थियो ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



