काठमाडौं । तालिमका लागि सहजिकरण गर्न प्रदेश अध्यक्षहरुलाई नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रशिक्षण (तालिम), रोजगार तथा उद्योग समितिले आग्रह गरेको छ ।
समितिले सोमवार पत्र जारी गर्दै विलासिता शुल्क सम्बन्धी कार्यविधि २०८२ अनुसार त्यसको कार्यान्वयनमा सहजिकरणको लागि नेपाल सरकार, आन्तरिक राजस्व विभागले सम्बन्धित जिल्ला/नगरमा अवस्थित कर कार्यालयहरु मार्फत् सम्बद्ध व्यवसायीहरुलाई आवश्यक जानकारी (तालिम) उपलब्ध गराउने हुनाले सम्बन्धित जिल्लास्थित आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गरि त्यसका लागि आवश्यक समन्वय गर्नुहुन अनुरोध गरेको छ ।
त्यसैगरी समितिले प्रदेशभित्र रहनुभएका पदाधिकारी एवम् कार्यसमिति सदस्यहरुलाई पायक पर्ने जिल्ला/नगरमा सक्रियतापूर्वक आवश्यक सहयोग गर्नहुन अनुरोध गर्दै एकहप्ताभित्र सम्बन्धित पक्षसँग समन्वय गरि तालिम सम्पन्न गर्न अनुरोध गरेको छ ।




