नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले भन्यो- कार्यविधिमा व्यवस्था भएअनुसार विलासिता शुल्क उठाउनु

काठमाडौं । सरकारले सुनमा एक तहमा मात्र विलासिता शुल्क लाग्ने संशोधित निर्णय गरेपछि नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आज मितिबाट बिक्री वखत उपभोक्ताहरूबाट अनिवार्य सो शुल्क संकलन गर्न निर्देशन गरेको छ ।

सोमबार महासंघले संशोधित व्यवस्थाबारे जानकारीसहित अनुरोध पत्र जारी गर्दै आफू मातहतका सम्पूर्ण सदस्यहरुलाई सो निर्देशन गरेको हो।

‘नेपाल सरकारद्वारा हालै नेपाल राजपत्रमा समेत विलासिता शुल्कको व्यवस्थामा आंशिक सुधार गर्दै सुनको कारोबारमा केवल एक तहमा मात्र शुल्क लागू हुने व्यवस्था गरिएको र उक्त व्यवस्थाको कार्यान्वयनको लागि आज आन्तरिक राजश्व विभागद्वारा जारी विलासिता शुल्क सम्बन्धी कार्यविधि, २०८२ महासंघमा प्राप्त भएको’ महासंघले भनेको छ ।

सम्पूर्ण व्यवसायी सदस्यहरूमा हालको उपलब्ध संशोधित कार्यविधिमा व्यवस्था भएअनुसार कारोबार सञ्चालन गर्न महासंघले आग्रह गरेको छ।

कानुनमा साउन १ गतेदेखि विलासिता शुल्क लागू हुने भनिएतापनि महासंघले गरेको संवाद अनुसार नै बीचको पीरियडलाई मिनाहा वा छुट हुनुपर्ने अडान कायम नै रहेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनारले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय