काठमाडौं । सुनचाँदीको भाउले कीर्तिमान कायमै राखेको छ । निरन्तर बढिरहेको सुनचाँदीको भाउले आज पनि कीर्तिमान बनाएको छ ।
सुनको भाउ आज एकैदिन तोलामा १ हजार ७ सय रुपैयाँले बढेर २ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ रहेको थियो भने गएको शुक्रवार सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ रहेको थियो ।
चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च रहेको छ । आज चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँले बढेर २ हजार ४ सय ७० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ प्रतितोला २ हजार ४ सय २५ रुपैयाँ रहेको थियो । यस्तै शुक्रवार चाँदीको भाउ प्रतितोला २ हजार ३ सय ६० रुपैयाँ रहेको थियो ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



