त्रियुगा उवासंघको अध्यक्षमा सुनचाँदी व्यवसायी बस्नेत

उदयपुर। त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको अध्यक्ष सुनचाँदी व्यवसायी नविन बस्नेत बनेका छन्। नवौं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनबाट बस्नेत संघको अध्यक्ष बनेका हुन्। अधिवेशनले बस्नेतको नेतृत्वमा सर्वसम्मत रूपमा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

शनिवार गाईघाटस्थित बसघरा पार्टी प्यालेसमा आयोजित साधारण सभा तथा अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठलाई चयन गरेको छ।

प्रथम उपाध्यक्ष जयप्रकाश गजमेर, द्वितीय उपाध्यक्ष प्रदिप देउजा, वाणिज्य उपाध्यक्ष प्रज्वल अधिकारी, उद्योग उपाध्यक्ष रामकुमारी राई, महासचिव रूपम अनुराग गुप्ता, सचिव शंकर साह चयन भएको निर्वाचन अधिकृत अधिवक्ता कमल थापाले जानकारी दिनुभयो ।

त्यस्तै, सहसचिवमा ज्ञानेन्द्र बहादुर थापा, कोषाध्यक्षमा सरोज बस्नेत, सहकोषाध्यक्षमा रंजित विश्वकर्मा तथा सदस्यहरुमा हरिप्रसाद भट्टराई, प्रविस कुमार साह, मनिराज थापा, राजेश कार्की, ब्रम्हदेव महतो, बब्लु कुमार साह, एकराज बस्नेत, विजयप्रसाद गुप्ता चयन भएका छन्।

अधिवेशन संघका अध्यक्ष रमेश रसाईलीको अध्यक्षतामा र नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय