सरकारलाई सांसद बरालीको प्रश्न- गणतन्त्रमा राज्य आतंकको विरूद्ध कहाँ गएर लड्ने ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद रणेन्द्र बरालीले राज्य आतंकको विरूद्ध लडेर गणतन्त्र ल्याइयो, गणतन्त्रमा भएको राज्य आतंकको विरूद्ध कहाँ गएर लड्ने भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सांसद बरालीले चितवन तथा सर्लाहीमा सुनचाँदी व्यवसायी तथा श्रमिक माथि घटेको घटनाको विषयमा जानकारी गराउँदै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

“चितवनमा एक जना व्यापारीले आफ्नै बैंक खाताबाट चेक साटेर ल्याएको ९ लाख नगदको झोला नै हडप्ने र पसलबाट कारखानामा गहना बनाउन लगेको बिलसहितको सुन पक्रिएर राजस्व संकलन शाखामा पुर्‍याएर थुन्ने जस्ता ज्यादतीले सम्बन्धित पक्षमा संत्रास पैदा भएको” उहाँले प्रतिनिधिसभामा जानकारी गराउनुभयो ।

त्यसैगरी उहाँले सर्लाहीका दुई पसलहरुमा पचासौँ हतियारसहितको सुरक्षाकर्मीले घेरा हालेर आतंक सिर्जना गरेर खातापाता उठाएर लगेको समेत जानकारी गराउनुभयो।

यतिबेला सयौँ सुनचाँदी श्रमिकहरुलाई हिरासतमा राखिएको बताउँदै उहाँले ती सबैलाई रिहाई गरी न्यायिक छानबिन गर्न सरकारसमक्ष माग गर्नुभएको छ ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय