काठमाडौं। शुक्रवार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । एकपछि अर्को रेकर्ड ब्रेक गर्दै आज नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको अन्तिम दिन शुक्रवार सुनको मूल्य तोलामा दुई लाख छ सय रुपैयाँ कायम भएको जनाएको छ ।
महासंघले सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको जनाएको छ । यसअघि बिहीवार प्रतितोला एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा एकैदिन १२ सय रुपैयाँले वृद्धि भएको हो ।
यस्तै चाँदीको मूल्यमा भने आज पाँच रुपैयाँ बढेर दुई हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीवार प्रतितोला दुई हजार ३५५ रुपैयाँ मूल्य तोकिएको थियो ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



