पुन: रेकर्ड कायम गर्दै सुनको भाउ, प्रतितोला २ लाख नजिक

काठमाडौँ । स्थानिय बजारमा आजपनि सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो। गत साउन २३ गते पनि सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय नै पुगेको थियो ।

अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा भएको थियो । उक्त दिन पनि सुनको मूल्य ३ सय रुपैयाँले बढेको थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय