नारीहरुको आस्था र संस्कृतिसँग जोडिएको पर्व तीज

तीज नेपाली नारीहरूको आस्था र संस्कृतिसँग जोडिएको पर्व हो। परम्परागत तीज भक्ति, उपवास र पारिवारिक एकतामा केन्द्रीत रहन्थ्यो भने आजको आधुनिक तीज मनोरञ्जन, फेसन र सामाजिक जमघटमा समेत रुपान्तरित भइसकेको छ।

यस पर्वमा नारीहरूको मुख्य आकर्षण श्रृङ्गार र गहनामा हुन्छ। सुनचाँदीका चुरा, तिलहरी, सिक्री, नौगेडी लगायतका गहनाले तीजलाई अझै भव्य बनाउँछन्। त्यसैले सुनचाँदी व्यवसायीहरूको भूमिका केबल व्यापारिक लाभमा सीमित नहुने, बरु मौलिक गहनाको जगेर्ना, गुणस्तरीय धातुको प्रयोग, मूल्य पारदर्शिता र ग्राहकप्रति विश्वासमा आधारित हुनुपर्नेछ।

परम्परा र आधुनिकताको संगम बनेको यस समयमा सुनचाँदी व्यवसायीले संस्कृतिको रक्षा गर्दै सामाजिक जिम्मेवारी वहन गरे तीज अझै गौरवशाली र अर्थपूर्ण बन्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय