काठमाडौँ । नेपाली नारीहरुको महान पर्व तीजको दिन सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको हो ।
तीजको बेलामा सुनको कारोबार बढी हुने व्यवसायीहरू बताउँछन् ।
मंगलबार सुनको मूल्य बढ्दा सोमबार भने छापावाल सुन तोलामा १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको थियो। यस आधारमा तीजको दिन आज सुनको मूल्य १ हजार ५०० रुपैयाँ बढेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार ५ रुपैयाँ बढेर २ हजार ३६० रुपैयाँ कायम भएको हो ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



