काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमवार सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्यमा प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन, आज ३ सय रुपैयाँले घटेर १ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला २ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



