हस्तनिर्मित गहनामा कुतर्कको विष

सुनचाँदी व्यवसायीको आन्दोलनलाई कमजोर पार्न र बिचौलियाको खेल सफल बनाउन डिजी लगायतका केही कर्मचारीहरू खुलेआम षड्यन्त्रमा उत्रिएका छन्। उनीहरूले नेपालका सुनचाँदी व्यापारमा ९५% भन्दा बढी हिस्सा ओगटिरहेको मौलिक हस्तनिर्मित गहनालाई “यो त ह्यान्डिक्राफ्ट हो कि होइन?” भन्ने प्रश्न उठाएर भ्रम फैलाइरहेका छन्।

यतिमै नरोकी, उनीहरूले झन् हाँस्यास्पद कुतर्क अघि सारेका छन्-“ह्यान्डिक्राफ्ट गहनामा जर्ती (स्टोन) लगाउन मिल्छ तर हस्तनिर्मित गहनामा जर्ती लगाउन मिल्दैन।” यस्तो कुतर्क सुन्दा सामान्य नागरिक पनि हाँस्छन्। आखिर कुन प्राविधिक आधारमा यति खालको विभाजन गर्न सकिन्छ ? यो कुतर्कको पछाडी लुकेको वास्तविकता भने केवल एकै हो-नेपाली हस्तनिर्मित गहनाको पहिचान कमजोर पारेर बिचौलियाको बजारलाई बलियो बनाउने दाउ।

हस्तनिर्मित गहना हाम्रो परम्परा, संस्कृति र कालिगढीको पहिचान हो। पुस्तौँदेखि घामपानी, पसिना र श्रमको परिणामका रूपमा बनेको यो सीपलाई विदेशी ह्यान्डिक्राफ्ट सँग तुलना गर्दै ‘यो मानिन्छ, यो मानिन्न’ भन्ने अधिकार कुनै कर्मचारीलाई छैन। यस्तो निर्णय त झन् सम्पूर्ण सुनचाँदी व्यवसायीको अस्तित्वमाथिको आक्रमण हो।

सरकार मौन रह्यो भने यसलाई सरासर व्यवसायी, उपभोक्ता र सम्पूर्ण कालिगढप्रति अन्याय मात्र होइन, राष्ट्रकै मौलिक पहिचानमाथि अपमान ठहरिनेछ।हस्तनिर्मित गहना नै नेपाली कला र संस्कृतिको मेरुदण्ड हो, यसलाई कुतर्कको खेलमा कहिल्यै ढाल्न दिनु हुँदैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय