समूहको स्थापना दिवसमा सुस्त मनःस्थिति विद्यालयलाई ग्याँस, चुल्हो सहित खाद्यन्न सहयोग

चितवन । सुनचाँदी व्यवसायी महिला समूह चितवनले आफ्‌नो १४ औं स्थापना दिवस बिहीवार भरतपुर महानगरपालिका वडा नं १, नारायणी नदी किनारमा अवस्थित बालकुमारी राष्ट्रिय सुस्त मनःस्थिति कल्याण विद्यालयमा मनाएका छन् ।

समूहले विद्यालयलाई नगद १५ हजार बराबरको ग्याँस, चुल्हो सहित खाद्यन्न सहयोग सामाग्रीहरु हस्तान्तरण गर्दै आफ्‌नो स्थापना दिवस मनाएको हो ।

कार्यक्रमको अध्यक्षता समेत गर्नुभएकी समूहकी अध्यक्ष कल्पना गोतामेले समूहको स्थापना भएको १४ वर्षमा समूहले धेरै काम गरेको र वाँकी काम पनि सबै मिलेर गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.कले महिला समूहको स्थापनादेखि हालसम्मका विभिन्न पक्षहरुको चर्चासंगै समूहको क्रियाशिलताको बारेमा खुलेर प्रशंसा गर्नुभयो । उहाँले महिला समूहका हरेक गतिविधिहरुमा आफ्‌नो महत्वपूर्ण सहयोगहरु रहने बताउनुभयो ।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन मास्केले समूहले आफ्‌नो स्थापना दिवसको अवसर पारेर विद्यालयलाई आवश्यक सामाग्रीहरु हस्तान्तरण गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा समूहकी निवर्तमान अध्यक्ष शान्ता थापा वि.क, पूर्व अध्यक्ष रुपा बरालीको आतिथ्यता रहेको थियो । समूहकी द्धितीय उपाध्यक्ष विष्णुमाया खातीले संयोजन गर्नुभएको कार्यक्रममा महासचिव मन्जु विश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय