काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहीवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन, आज १ हजार ३ सय रुपैयाँले बढेर १ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला २ हजार २ सय ९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



