नवलपुर सुनचाँदी व्यवसायी महिला समूहको तीज विशेष : अव्यवहारिक कर नीतिको विरोध

कावासोती । नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा नवलपुर सुनचाँदी व्यवसायी महिला समूहले बुधवार कावासोतीमा तीज विशेष कार्यक्रमको आयोजना गरेको छ ।

कावासोती नगरपालिका वडा नं २ को होटल दियालोमा आयोजित उक्त कार्यक्रम जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले जारी गरेको अव्यवहारिक कर नीतिको विरोध गरेका छन् । कार्यक्रममा वक्ताहरुले सरकारको अव्यवहारिक नीति, कर तथा कानुन लगायतले सुनचाँदी व्यापार व्यवसाय नै धरासय हुने सम्भावना प्रबल रहेको बताएका छन्।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका समन्वय प्रमुख विश्वकर्माले सुनचाँदी व्यवसायी महिला समूहमा महिला दिदीबहिनीहरुको उत्साहजनक सहभागिताको प्रशंसा गर्दै तीजको नाममा विकृति फैलिरहेको हुदाँ सभ्य ढंगबाट मनाउन आग्रह गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले आफ्‌नो संस्कृतिको निरन्तरताका लागि सहयोग पुग्ने र आपसी सद्भाव कायम राख्न मद्दत हुने बताउनुभयो ।

स्थापनाकालदेखि सुनचाँदी व्यवसायी महिलाहरुको क्षमता विकासका निमित्त काम गर्दै आएको यस समूहले हरेक वर्ष तीज विशेष कार्यक्रमको आयोजना पनि गर्दै आएको छ ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका स्थायी आमन्त्रित सदस्य होम बहादुर विश्वकर्मा, महासंघका पूर्व सदस्य तथा नवलपुर सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष गोविन्द सुनारको विशिष्ट आतिथ्यता रहेको थियो ।

त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेश समितिका सहकोषाध्यक्ष शान्ता सुनार्नी, सदस्य विरेन्द्र सुनार, सु्‌नचाँदी व्यवसायी महिला समूह चितवनकी अध्यक्ष कल्पना गोतामे, मध्यविन्दु इन्भेष्टमेण्ट एण्ड सप्लायर्स प्रा.लिका सचिव तथा नवलपुर सुनचाँदी व्यवसायी संघका पूर्व महासचिव राजेश रसाईली, नवलपुर सुनचाँदी व्यवसायी महिला समूहकी निवर्तमान अध्यक्ष मिठू वि.क, समूहकी पूर्व अध्यक्ष सपना विश्वकर्मा, सु्‌नचाँदी व्यवसायी महिला समूह चितवनकी निवर्तमान अध्यक्ष शान्ता थापा वि.क, सु्‌नचाँदी व्यवसायी महिला समूह चितवनकी महासचिव मन्जु विश्वकर्माको आतिथ्यता रहेको थियो ।

नवलपुर सुनचाँदी व्यवसायी महिला समूहकी अध्यक्ष मधुमाया रसाईलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समूहकी सचिव संगिता गौतमले सहजीकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय