काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन, आज ६ सय रुपैयाँले घटेर १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



