काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिले प्रहरीको अपरेसन एल्लो मेटल पोखराको ध्यानाकर्षण सहित आज मंगलबार ज्ञापनपत्र बुझाएका छन् । गृहमन्त्रीसँग भेट गर्दै उनीहरुले यसबारे ध्यानाकर्षण गराएका हुन् ।
भेटमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका महासचिव निर बहादुर वि.क, नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिका संयोजक विपिन रामुदामुसहितको टोली सहभागी थियो।

त्यसअवसरमा उनीहरुले सुनचाँदी अवैध कारोवारमा संलग्न रहेको भनि सत्य, तथ्य नबुझी, हचुवाको भरमा व्यवसायी तथा कालिगढहरुलाई अनावश्यक दुःख दिने वा झमेलामा पार्ने कार्य अविलम्ब रोक्न माग गरेका छन् ।
भेटमा व्यवसायीहरुले प्रहरीको अपरेसन एल्लो मेटलले देशभरका व्यवसायी तथा कालिगढहरुमा त्रास पैदा भएकाले अविलम्ब यथार्थ सत्य तथ्य बुझी दोषी देखिएमा मात्र कानुनी प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो ।
गृहमन्त्री लेखकले घटनाको यथार्थ बुझेर उचित न्यायको लागि आफूले पहल गर्ने बताउनुभयो ।




