प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण– यसअघिको प्रतिवद्धता कार्यान्वयन गरियोस्‌

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिले यस आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने भनिएको सुन तथा सुनका गरगहनाको कारोबारमा दुई प्रतिशत विलासिता कर र हीरा तथा बहुमूल्य रत्नमा १३ प्रतिशत भ्याटको व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्रीसँग आज मंगलबार भेट गर्दै उनीहरुले यसबारे ध्यानाकर्षण गराएका हुन् ।
भेटमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिका संयोजक विपिन रामुदामुसहितको टोली सहभागी थियो।

त्यसअवसरमा उनीहरुले करको व्यवस्थाहरु दुई प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट लागु गर्दा आफूहरुको व्यवसाय धरासयी हुने भएकाले र यसअघिको भेटमा प्रधानमन्त्रीज्यूले व्यक्त गर्नुभएको प्रतिवद्धता कार्यान्वयन गर्न माग गरेका छन् ।

प्रधानमन्त्री ओलीले समस्याको समाधान खोज्न आफूले सम्बन्धित मन्त्रालयसँग बुझ्‌ने र व्यवसायीका माग सम्बोधन गर्न लागिपर्ने विश्वास दिलाउनुभएको रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय