सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन, आज १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला २ हजार ३ सय ५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय