नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा अपरेसन एल्लो मेटलको ध्यानाकर्षण

काठमाडौं । पोखराको विभिन्न स्थानबाट ११ जना भारतको पश्चिम बंगालका नागरिकलाई सुनचाँदी अवैध कारोवारमा संलग्न रहेको भनि कास्की प्रहरीले नियन्त्रणमा लिएको सूचना सामाजिक सञ्जालबाट प्राप्त भएकोले नेपाल सुनचाँदी व्यवसायी महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको ध्यानाकर्षण गरेको हो । महासंघका महासचिव किरणभाई बज्राचार्यले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा सत्य तथ्य नबुझी व्यवसायी एवं मजदुरहरुलाई अनावश्यक दुःख दिने वा झमेलामा पार्ने कार्य अविलम्ब रोक्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।

प्रहरीले अवैधको संज्ञा दिँदै “अपरेसन एल्लो मेटल” अभियान अन्तर्गत उनीहरुको साथबाट ६ किलो ४ सय ग्राम सुन र ४ सय ४४ तोला चाँदी बरामद भएको शनिवार पत्रकार सम्मेलनमा जानकारी दिएको थियो।

देशभरका सुनचाँदी व्यवसायी तथा कालिगढहरूले प्रहरीको “अपरेसन एल्लो मेटल” को खेद प्रकट गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय