काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । साताको कारोबारको अन्तिम दिन आज शुक्रवार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।
यसअघि गत साउन २० गते सुन प्रतितोला एक लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ बिहिवार प्रतितोला एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर दुई हजार तीन सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि बिहिवार चाँदी प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



