सुनको भाउ हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । साताको कारोबारको तेस्रो दिन आज मंगलबार छापावाल सुन प्रतितोला एक हजार नौ सय रुपैयाँले बढेर एक लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यसअघि गत वैशाख ९ गते सुन प्रतितोला एक लाख ९७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ सोमवार प्रतितोला एक लाख ९६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर दुई हजार दुई सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि सोमवार चाँदी प्रतितोला दुई हजार दुई सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय