सुनचाँदी व्यवसायीहरु आफ्नो मुद्दामा अडिग नहुँदा अहिले समस्या उत्पन्न भयो: पूर्व मन्त्री विश्वकर्मा

काठमाडौं। सहमतिको क्रममा आन्दोलनरत सुनचाँदी व्यवसायीहरू आफ्नो मुद्दामा अडिग नहुँदा अहिले व्यवसायीहरूमा समस्या उत्पन्न भएको पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले बताउनुभयो।

उहाँले आन्दोलनरत सुनचाँदी व्यवसायीहरू र सरकारबीच सहमति गराउन आफू सहजकर्ताको रूपमा मात्र उपस्थित भएको बताउनुभयो ।

तर आन्दोलनरत सुनचाँदी व्यवसायीहरू वार्ताको टेबुलमा कठोर नहुँदा यतिबेला तमाम व्यवसायीहरू आक्रोशित हुने वातावरण निर्माण भएको उहाँले बताउनुभयो।

शनिबार काठमाडौंमा आयोजित नेपाल सुनचाँदी व्यवसायी संघको ३३ औं र ३४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनु भएको हो ।

आ.व २०८२/०८३ को आर्थिक विधेयकमा उल्लेख गरिएको सुन तथा सुनका गरगहनामा लागू गरिएको विलासिता कर र बहुमूल्य हीरा, रत्न तथा पत्थरहरूमा लागू गरिएको भ्याट तत्कालका लागि अर्को निर्णय नआउञ्जेल सम्म त्यो कर प्रणाली लागू गरिने छैन भन्ने यो एउटा बुँदा त्यो सहमति पत्रमा उल्लेख गर्न वार्ता टोली चुकेको उहाँले जनाउनु भयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय