काठमाडौं। साताको कारोबारको अन्तिम दिन शुक्रवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन, आज ५ सय रुपैयाँले घटेर १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला २ हजार २ सय ३५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



