भोइस अफ किड्सकी प्रतिस्पर्धी आयाश्रीको चर्चा चुलिँदै

काठमाडौं। हिमालय टेलिभिजन मार्फत् प्रसारित बाल कलाकारहरु बीचको गायन प्रतिस्पर्धा” द भोइस अफ किड्स नेपाल सिजन ४” मा अब्बल रहँदै गरेकी चाबहिल काठमाडौं निवासी आयाश्री लकान्द्रीको चर्चा चुलिएर गएको छ ।

टिम मेलिनाबाट टप १६ मा पुग्न सफल भएकी आयाश्री आफ्नो जादुमयी प्रस्तुती दिएर दर्शकहरुको मन जित्न सफल भएकी छन् ।

सानै उमेरदेखि गायनमा रूची राख्ने आयाश्री आफ्नो कलालाई निखार्ने क्रममा हाल आएर उनी “द भोइस अफ किड्स सिजन ४ ” मा भाग लिएकी हुन्।

छनौट चरण देखीनै आफ्ना प्रतिस्पर्धी सामु अब्बल ठहरिदैँ आएकी आयाश्री हाल टप १६ मा पुगेकी छन् ।

शनिबार राती प्रसारित शो अनुसार आयाश्रीले “लाइदेउन मायाले” गीतमा आफ्नो उत्कृष्ट प्रस्तुति पस्कदै उक्त सो का सम्पूर्ण निर्णायकहरुलाई आफूले गाएको गीतमा नचाउन सफल भएकी छन् । उनको उक्त उत्कृष्ट प्रस्तुति देखेर दर्शकदिर्घा तर्फ ठूलो ताली बजेको थियो ।

यता आयाश्रीलाई अब टप ८ मा पुर्‍याउन नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले अभियान नै चलाएको छ । टप ८ का लागि प्रतिस्पर्धा यही साउन १६ गते शुक्रबार आयोजना हुँदैछ ।

आयाश्रीका अभिभावकले आफ्नो छोरीको सपना पूरा गराइदिन आयाश्रीलाई आगामी चरणको प्रतिस्पर्धामा पनि अब्बल बनाउन सम्पूर्ण दर्शक तथा श्रोता एवम् शुभचिन्तकहरुलाई भोट गरि अमूल्य सहयोग गर्न अपिल समेत गरेका छन् ।

आयाश्रीको पछिल्लो प्रस्तुति हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय