काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका २२ सदस्यीय टोली बुधवार भारततर्फ लागेका छन्। साउन १५ गते देखि भारतको मुम्वइमा आयोजना हुन लागेको ‘इण्डिया इन्टरनेसनल ज्वेलरी शो (आइआइजेएस) २०२५’ मा सहभागी हुन त्यस तर्फ लागेका हुन्।

महासंघका चौंथो उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय समन्वय तथा मेला समितिका संयोजक पवनकुमार सोमानीको नेतृत्वमा २२ सदस्यीय टोली मेलामा सहभागी हुन भारत प्रस्थान गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरणभाई बज्राचार्यले जानकारी दिनुभयो।

सोमानीको नेतृत्वमा गएको टोलीमा विन्दिया सोमानी, देव सुन्दर शाक्य, सृष्टि शाक्य, गकुल विश्वकर्मा, चुडामणी वि.क, दल बहादुर रिसाल, इन्द्र बहादुर वि.क, रामप्रसाद विश्वकर्मा, बलबहादुर वि.क, लक्ष्मण वि.क, रामलाल विश्वकर्मा, हर्ष बहादुर विश्वकर्मा, राजु बराल, किशोर कुमार विश्वकर्मा, नुरापति अधिकारी, दलमान मल्ल, टीकाराम अधिकारी, शेर बहादुर गहतराज, मिलन विश्वकर्मा, सुनिल सेन्चुरी र सतिश कुमार कौशलको सहभागिता रहेको महासचिव बज्राचार्यले बताउनुभयो।
मेलाका अवसरमा दुई देशका व्यवसायीबीच आपसी सम्बन्ध विस्तार, गरगहनाको क्षेत्रमा विकास भएका नविनतम प्रविधिको साटासाट तथा आगामी दिनमा दुई पक्षबीचको सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल हुने महासचिव बज्राचार्यले बताउनुभयो ।
मेला साउन १५ गतेदेखि साउन १९ गतेसम्म भारतको मुम्वइमा अवस्थित बम्बे एक्जिविशन सेन्टरमा आयोजना हुँदैछ। सुनचाँदी तथा गरगहना व्यवसायलाई लक्षित गरि सो मेलाको आयोजना हुन लागेको हो ।
जेम्स एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सिल (जिजेइपिसी) भारतको आयोजनामा हुन लागेको सो मेलामा भारत सरकार वाणिज्य तथा उद्योग मन्त्रालयको सहयोग रहेको छ । मेलामा विश्वभरका सुनचाँदी तथा आधुनिक व्यवसाय क्षेत्रका पारखी उद्यमीहरुको सहभागीता रहनेछ।



