बंगलादेशी नागरिकको हत्याको आरोपमा सुन व्यवसायी पक्राउ

काठमाडौं । काठमाडौंमा एक बंगलादेशी नागरिकको हत्या भएको छ । सुन व्यवसायमा संलग्न ५५ वर्षीय सुब्रत पालको हत्या आरोपमा ४२ वर्षीय श्याम कालिकोटे पक्राउ परेका हुन् । उनीहरू दुवै गोंगबु क्षेत्रमा एउटै घरमा बस्दै आएका थिए ।
प्रहरीका अनुसार, घटना मध्यराततिर भएको अनुमान गरिएको छ। हत्यापछि कालिकोटे फरार भएका थिए, तर उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीको संयुक्त टोलीले गोंगबुबाटै पक्राउ गरेको हो । प्रहरी वृत्त, जनसेवाले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय