काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमवार सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि सोहि मूल्यमा सुनको कारोबार भएको थियो।
यता चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले बढेर २ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ। यसअघि आइतवार चाँदी प्रतितोला २ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



