सुनको गहना चोरी गर्ने पक्राउ

कपिलवस्तु। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पच्चिस लाख बराबरको बहुमूल्य सुनका गरगहना तथा नगदसमेत चोरी गर्ने अभियुक्तलाई पक्राउ गरेको छ ।

गत श्रावण ६ गते विहान ३ बजे कपिलवस्तु जिल्ला, शिवराज नगरपालिका वडा नं ५, प्रगति टोल बस्ने दीपक न्यौपानेको घरबाट पच्चिस लाख बराबरको बहुमूल्य सुनका गरगहना तथा नगदसमेत चोरी गरेको अभियोगमा दाङ, लमही नगरपालिका वडा नं. ४, अर्नवा बस्ने ३२ वर्षीय टोपेन्द्र सिंह ठकुरीलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरीका अनुसार शंकास्पद अवस्थामा फेला परेका ठकुरीसँग सोधपुछ गर्दा चोरी गरेको गरगहनाहरू आफ्नै घरमा राखेको स्वीकार गरेका थिए।

अभियुक्तका साथबाट रानिहार थान-१, सिक्री थान-१, झुम्का १ जोर, ब्रास्लेट थान-१, टप ३ जोर, हार थान-१, मुन्द्रा १ जोर बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि जिल्ला अदालत कपिलवस्तुको अनुमति प्राप्त गरी अभियुक्तलाई ८ दिनको म्याद थप गरिएको प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय