सुनचाँदी व्यवसायी सुजन बराईलीको गीत “सुनका कुरा सुन” सार्वजनिक

काठमाडौं। नेपालमा करको संरचना विगत केही वर्षदेखि जटिल र व्यवसाय विरोधी बन्दै गएको छ। विशेष गरी सुनचाँदी व्यवसायमा पछिल्लो समय सरकारले लागू गरेको २% विलासिता कर र १३% मूल्य अभिवृद्धि कर (भ्याट) ले व्यवसायीहरुलाई अस्तित्वको संकटमा धकेलिदिएको छ।

सुनचाँदी व्यवसायीहरू अव्यवहारिक कर खारेजीको माग सहित  लामो समयसम्म आन्दोलनरत रहेका थिए । गत असार २६ गते सुनचाँदी व्यवसायी र सरकारबीच ६ बुँदे सहमति भएको छ । समस्या निराकरणका लागि कार्यदल गठन भएको छ तर व्यवसायीमा अन्यौलता कायमै रहेको  छ ।

यसैबीच सुनचाँदी व्यवसायी सुजन बराईलीले आफ्नो स्वर रहेको सुनचाँदी व्यवसायीहरूको आन्दोलन गीत “सुनका कुरा सुन”  सार्वजनिक गरेका छन्। व्यवसायी  बराईली कै शब्द तथा संगित भएको गीतमा रमेश सेन्चुरीको संयोजन तथा समित परियारको मिक्सिङ रहेको छ ।

गीतलाई सञ्चारकर्मी प्रकाश बराईली “अभिव्यक्ति”ले  छायाङ्कन, सम्पादन तथा निर्देशन गरेका हुन्।  गीत सुजन बराईली युट्युब च्यानल मार्फत्  सार्वजनिक भएको छ ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय