स्वर्ण खबर डटकमका साथ हामी आयौं

स्वर्ण खबर मिडिया प्रा.लिको सञ्चालनमा स्वर्ण खबर डटकममार्फत् सुनचाँदी व्यवसाय क्षेत्रको आवाज बनेर हामी नयाँ उत्साह र व्यवस्थापनका साथ पुनः आयौं ।

पत्रकारिताको माध्यमबाट सुनचाँदी वृत्तमा भएका हरेक घटनाक्रमलाई सत्य, तथ्य, निश्पक्ष र सामाजिक उत्तरदायित्वका साथ राज्यलाई जवाफदेही र खबरदारी गर्न आवाज विहिनको आवाज बनेर आएका छौँ ।

प्रविधिले फड्को मारेको वर्तमान समयमा समाज परिवर्तनको जिम्मेवारी बोधका साथ अघि बढ्ने अठोट् गरेका छौँ । प्रविधिको विकाससँगै समय बदलिएको छ । इन्टरनेटका माध्यमबाट संसारभर हेर्न र पढ्न सकिने गरी हामी आएका छौँ । डिजिटल दुनियाँको संसारमा हाम्रा दर्शक र पाठकको साथमा हामी यात्रा गर्दैछौँ ।

हामीले स्वर्ण खबर डटकम २०७३ भदौं ८ गते शुभारम्भ गरेका थियौँ । निरन्तर तीन वर्षसम्म सुनचाँदी वृत्तमा भए गरेका घटनालाई सत्य, तथ्य र निश्पक्ष रूपमा प्रकाशित गरेका थियौँ । विशेष परिस्थितिका कारण हामीले केही समय विश्राम लियौँ। तर पत्रकारिताभन्दा बाहिर गएका थिएनौँ।

अनलाइन पत्रिकाको भीडमा पुनः हामी रहनेछौँ । नयाँ व्यवस्थापनका साथ यहाँहरू माँझ पहिला झैं यथार्थपरक समाचारहरूको संगालोका साथ सामिप्य हुँदा उत्साहित छौँ।

हामीसँग पत्रिका प्रकाशनको पनि अनुभव छ । तर प्रविधिले निकै फड्को मारेको अवस्थामा संसारको जुनसुकै कुनामा रहेर पनि सूचना नियाल्ने परिस्थिति भएकै कारण पुनः अनलाइन पत्रिका लिएर आएका छौँ ।

हामी सबैको साझा हौं । पत्रकारिताको माध्यमबाट सहिलाई सहि र गलतलाई गलत भन्न हामी हिच्किचाउने छैनौं । मौलाएको विकृतिलाई चिरफार गरी अनलाइन पत्रकारिताप्रतिको विश्वसनियतालाई थप बढाउने कोशिस गर्नेछौँ ।

सञ्चार जगतलाई थप मर्यादित र विश्वसनीय बनाउने हाम्रो प्रयासमा हजुरहरूको साथ र सहयोग मिल्ने छ भन्ने आशा र विश्वास लिएका छौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय