काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन, आज १ हजार १ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ५० रुपैयाँले घटेर प्रतितोला २ हजार २ सय ९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अबदेखि स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



